Spread the love
Spread the love
एक सातादेखि बेपत्ता दावा शेर्पाको जीवितै उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो
Spread the love

सगरमाथा आधार शिविर क्षेत्रमा चमत्कारपूर्ण रूपमा जीवितै फेला परेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) को उद्धार गरी काठमाडौं ल्याइएको छ। खुम्बु आइसफल क्षेत्रमा एक सातादेखि हराइरहेका शेर्पालाई उद्धार टोलीले फेला पारेलगत्तै प्रारम्भिक उपचार दिएर हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याएको हो। अत्यधिक चिसो र हिउँका कारण उनको हातखुट्टामा 'फ्रोस्टबाइट' (हिउँले खाएको) को गम्भीर असर देखिएकाले उनलाई थप र विशेष उपचारका लागि यहाँ ल्याउनु परेको हो। यस्तो चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसममा एक सातासम्म हराएर पनि जीवितै उद्धार हुन सफल भएको यस घटनालाई पर्वतारोहण क्षेत्रका विज्ञ तथा व्यक्तिहरूले एउटा अविश्वसनीय र चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।