Spread the love
Spread the love
ट्रम्पलाई खामेनीको चेतावनी- अमेरिकीहरूले बुझेहुन्छ, इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन
Spread the love

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले आफूहरू आत्मसमर्पण गर्ने देशमा नपर्ने चेतावनी दिएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै नेता खामेनीले इरान कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न आह्वान गरेको भोलिपल्ट खामेनीको कडा प्रतिक्रिया दिदै खामेनीले भने, 'अमेरिकीहरूले बुझ्नुपर्छ कि इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन।

अमेरिकाको कुनै पनि प्रकारको सैन्य हस्तक्षेपले निस्सन्देह अपूरणीय क्षति निम्त्याउनेछ,' ।गत हप्ता इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि खामेनीको यो दोस्रो सार्वजनिक टिप्पणी हो। उनले थपे, 'इरान, यहाँका जनता र इतिहास चिनेका बुद्धिजीवीहरूले कहिल्यै पनि यस राष्ट्रलाई धम्कीको भाषामा बोल्दैनन्, किनभने इरानीहरू आत्मसमर्पण गर्नेहरू होइनन्।'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीलाई आत्मसमर्पण गर्न दबाब दिएका थिए। जवाफस्वरूप इरानी नेतृत्वले आफूहरू राष्ट्रको स्वाभिमानको पक्षमा उभिएको प्रष्ट संकेत दिएको छ।