नेकपा एमालेका युवा नेता महेश बस्नेतले फेसवुक स्टाटस लेख्दै हर्क साम्पाङको ‘श्रमदान’ जनतालाई झुक्याउने ढोँग भएको वताउनुभएको छ । धरानका मेयर हर्क साम्पाङले श्रमदानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयरले विरोध जनाएका थिए। रकम भुक्तानी नदिएको भन्दै हर्क साम्पाङ्गले आफ्ना समर्थक ल्याएर उपमेयरमाथि हुल हुज्जत गरेका थिए । त्यसै सन्दर्भमा बस्नेतले हर्क साम्पाङ्गवारे यस्तो लेखेका छन ।
जब हर्क साम्पाङले श्रमदान मार्फत गरिएको कामको नक्कली भर्पाई बनाइ डोर हाजिरी देखाएर भुक्तानी लिन खोजे, तब उपप्रमुखले रोक लगाए। अनि सुरु भयो श्रमदानको नाममा श्रम शोषण र भ्रष्टाचार को पर्दाफास! अनि सुरु भयो गालीगलौज नाराबाजी र झडप। मैले डेढ वर्षअघि नै भनेको थिएँ ,साम्पाङको ‘श्रमदान’ जनतालाई झुक्याउने ढोँग हो। पालिकाबाट डोर हाजिरी गरेर पैसा असुल्ने कमाउ धन्दा हो। तर उल्टै गाली खेपें। आज? सबै पर्दाफास भएको छ पपुलिस्टहरूको पाखण्ड च्यातिदैछ। यो तीन बर्ष श्रमदानको नाममा धरानका जनताको आँखामा छारो हाल्दै ब्राण्ड बेच्ने व्यापार मात्र चल्यो। न श्रम प्रतिको इमान, न पारदर्शिताप्रति सम्मान। जनभावनाको सौदा गरेर नक्कली लोकप्रियता बटुल्ने यिनीहरुको असली रुप अब देखिँदैछ।

