वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार, उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो।
पर्सा जिल्ला अदालतले सिंहविरुद्ध लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा गत जेठ ८ गते अदालतले मेयर सिंहसहित अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बुझिएको छ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी आजै उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
