काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले जेन–जी पुस्तालाई सम्बोधन गर्दै उनीहरूको आन्दोलनमा ज्यान गुमाएका युवाको पीडा र वर्तमान राजनीतिक अवस्थामाथि प्रश्न उठाएका छन्।शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘नेपो बेबी मुर्दावाद’ भन्दै आन्दोलन गरेका जेन–जीलाई अहिले ‘नेपो बेबीहरू’ नै सत्तामा रहेको टिप्पणी गरेका छन्।
उनले सामान्य स्वास्थ्य समस्या हुँदा पनि सत्तामा रहेकाहरू हेलिकप्टर चढिरहेको भन्दै व्यंग्य गरेका छन्।आन्दोलनमा ज्यान गुमाएका युवालाई सम्झिँदै शाहीले उनीहरूलाई गोली हान्नेहरू अहिले पनि शानका साथ सार्वजनिक रूपमा हिँडिरहेको बताएका छन्।उनले जेन–जीलाई सडकमा मर्न पठाउनेहरू अहिले सत्ता र शक्तिमा रहेको तर ज्यान गुमाएका युवाका आमाहरू भने हरेक दिन आफ्ना सन्तानलाई सम्झेर पीडामा बाँचिरहेको उल्लेख गरेका छन्।
