Spread the love
Spread the love
मनाङको धारापानीमा सडक ढलान
Spread the love

लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका-३ धारापानी क्षेत्रमा आज सडक पूर्ण रूपमा बन्द हुने भएको छ। सडक ढलान कार्यका लागि आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म यातायातका सम्पूर्ण साधन सञ्चालनमा रोक लगाइएको हो।​

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार १ सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले सो क्षेत्रमा करिब ५० मिटर सडक ढलान गर्न लागेको हो।

सडक साँघुरो भएको र दुवैतर्फ बस्ती रहेकाले निर्माणका क्रममा वैकल्पिक बाटोको व्यवस्था गर्न नसकिएकाले सडक पूर्ण रूपमा बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।