Spread the love
Spread the love
सेनाले भन्यो– सुरुङमा फसेकाहरूको उद्धार गर्न ३–४ महिना लाग्न सक्छ
Spread the love

काठमाडौं । रसुवामा बाढी र पहिरोका कारण पुरिएका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार तत्काल सम्भव नहुने नेपाली सेनाले जनाएको छ। सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले उद्धार कार्य लामो समयसम्म चल्न सक्ने सेनाको आकलन छ।रसुवास्थित चार जलविद्युत् आयोजनाका सुरुङमा उद्धारका लागि खटिएका नेपाली सेनाका ६ नम्बर बाहिनीका सहायकरथी उज्ज्वल राणाले उद्धारमा ३ देखि ४ महिनासम्म लाग्न सक्ने बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै राणाले सुरुङभित्र फसेकाहरूलाई निकाल्ने काम केही दिनमै सकिने अवस्था नरहेको बताए। उनका अनुसार सुरुङको अवस्थाका कारण उद्धार कार्य निकै कठिन बनेको छ।राणाको कमान्डमा रसुवागढी, चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ हाइड्रोपावरका सुरुङमा उद्धार प्रयास भइरहेको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा काम गर्न कठिन भएपछि त्यहाँको उद्धार कार्य भने अघिल्लो दिनदेखि रोकिएको छ।हाल चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ हाइड्रोका सुरुङमा उद्धार टोली परिचालित भए पनि अहिलेसम्म फसेकाहरूलाई बाहिर निकाल्न सफलता मिलेको छैन।