रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधबार बिहान ५ बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व–पश्चिम तथा भारतमा समेत शव भेटिएका छन्।
फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको जाँच मुचुल्का पूरा भएको छ भने ९५ शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका ९ सय ११ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालन गरिएको छ। हालसम्म ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८ सय ५८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
