Spread the love
Spread the love
बाढी पीडितलाई विकास हाइड्रोपावरले गर्यो सहयोग
Spread the love

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःनिर्माणका लागि ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना प्रवर्द्धक विकास हाइड्रोपावर कम्पनी लिमिटेडले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

गोरखाको धार्चे गाउँपालिकामा रहेको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक विकास हाइड्रोपावरले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मार्फत उक्त रकम राहत कोषमा प्रदान गरेको हो। कम्पनीले आफ्नै क्षेत्रबाहिर विपद्मा परेका नागरिकको राहतका लागि सहयोग गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

भोटेकोशी बाढीबाट जलविद्युत् आयोजना, स्थानीय बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेका बेला विकास हाइड्रोपावरको यो सहयोगले पीडितको राहत र पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।इप्पानमा आबद्ध ऊर्जा उद्यमी तथा जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितका लागि सामूहिक रूपमा १३ करोड रुपैयाँ सहयोग गरेका छन्।