Spread the love
Spread the love
बाढी पीडितलाई जलविद्युत व्यवसायीको साथ, १३ करोड सहयोग
Spread the love

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १३ करोड रुपैयाँ सहयोग गरेका छन्।इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।

ऊर्जा उद्यमीहरूले व्यक्तिगत तथा समूहगत रूपमा समेत राहत कोषमा रकम प्रदान गरेका हुन्।मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाहरूले प्राकृतिक विपद्को जोखिम सामना गरिरहेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री र विपद् प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। विपद्को समयमा राज्यलाई आर्थिक सहयोग गरेर ऊर्जा उद्यमीहरूले संकटमा साथ दिने भावना देखाएको उहाँको भनाइ थियो।इप्पान अध्यक्ष डाँगीका अनुसार भोटेकोशी बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

आफ्नै आयोजना प्रभावित भए पनि ऊर्जा उद्यमीहरूले पीडितको घाउमा मलम लगाउने उद्देश्यले राहत कोषमा सहयोग गरेका हुन्।राहत कोषमा बिकास हाइड्रो समुहले ५ लाख ५ हजार ५ सय पचपन्न रुपैया,मोहनविक्रम कार्की समूहले १ करोड ६५ लाख, हिमप्रसाद पाठक तथा समूहले १ करोड ५१ लाख, पुष्पज्योति ढुङ्गाना तथा समूहले १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँलगायत विभिन्न ऊर्जा उद्यमी तथा जलविद्युत् कम्पनीहरूले सहयोग गरेका छन्।इप्पानका अनुसार विभिन्न व्यक्ति, समूह तथा कम्पनीबाट प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।