नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै पुरिएको घरमा २० भन्दा बढी शव फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बाढीले पुरिएको घरभित्र धेरै शव फेला परेका हुन्। राति परिसकेको र पानीसमेत परिरहेकाले घटनास्थलमा उद्धार तथा शव निकाल्ने काम कठिन भइरहेको छ।प्रहरीले शवको संख्या यकिन भइनसकेको जनाएको छ।
भदौ १० गते रसुवातर्फबाट आएको भीषण भोटेकोशी बाढी त्रिशूलीमा मिसिएपछि नुवाकोटको बेत्रावतीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेत्रावती र आसपासका बस्तीमा अझै धेरै मानिस बेपत्ता रहेको र भग्नावशेषमा पुरिएका शव निकाल्न चुनौती भइरहेको छ।
