Spread the love
Spread the love
बाढीपीडितको सेवामा वाईसीएल, उद्धारसँगै रक्तदान
Spread the love

काठमाण्डौ, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी निकट वाईसिएलको उद्धार तथा राहत अभियान तीव्र, १७० जनाले गरे रक्तदानकाठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै नेपाली कम्युनिस्ट पार्टी निकट वाईसिएल नेपालले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएको जनाएको छ।

बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्यु, घाइते तथा बेपत्ता भएको अवस्थामा तत्काल उद्धार, खोजी तथा उपचारलाई प्राथमिकतामा राखेर स्वयंसेवक परिचालन गरिएको वाईसिएल नेपालले जनाएको छ।वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काम भइरहेको छ।वाईसिएलका अनुसार आज बिहानदेखि मात्रै करिब ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा परिचालन भएका छन्। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण र प्रभावित परिवारको गाँस, बासलगायतका आवश्यकतामा सहयोग गर्ने योजना रहेको अध्यक्ष ओलीले बताए।

यसैबीच, घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन वाईसिएल नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आपतकालीन रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ। उक्त कार्यक्रममा १७० जनाले रक्तदान गरेको वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले जानकारी दिए।विपद्को कठिन घडीमा उद्धार, राहत, उपचार र रक्तदानलाई एकसाथ अघि बढाउँदै प्रभावित नागरिकको सेवामा निरन्तर सक्रिय रहने वाईसिएल नेपालले जनाएको छ।