Spread the love
Spread the love
विपत्तिमा राजनीतिक मतभेद भुलेर एकजुट हुन प्रचण्डको आह्वान
Spread the love

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर सबै शक्ति उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले अहिले लामो राजनीतिक बहसभन्दा नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने बताए।उनले रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न संकटमा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ रहने जनाउँदै सरकारी निकायसँग समन्वय गरेर पार्टी पंक्ति राहत तथा उद्धारमा परिचालन गर्ने बताए।

प्रचण्डले पछिल्ला विपत्तिलाई जलवायु परिवर्तन र बढ्दो प्राकृतिक जोखिमसँग जोडेर हेर्नुपर्ने भन्दै पूर्वसूचना प्रणाली बलियो बनाउन तथा दीर्घकालीन जोखिम न्यूनीकरणका लागि वैज्ञानिक र प्राविधिक अध्ययन आवश्यक रहेको बताए।उनले विपत्तिका बेला विगतमा देखिएको राष्ट्रिय एकताको उदाहरणलाई निरन्तरता दिँदै सबै राजनीतिक शक्ति नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।