साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको भाउ उकालो लागेको हो।
गत शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।त्यस्तै, चाँदीको भाउमा पनि सुधार आएको छ।
शुक्रबार प्रतितोला ४ हजार ३५० रुपैयाँमा बिक्री भएको चाँदी आज ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
