Spread the love
Spread the love
प्रधानमन्त्री बालेनको सचिवालयमा २७ जना नियुक्ति, २ जनालाई मन्त्री सरह सुवीधा
Spread the love

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को स्वकीय सचिवालयमा हाल २७ जना कर्मचारी तथा पदाधिकारी कार्यरत रहेको तथ्य जानकारी सार्वजनिक भएको छ। प्रतिनिधिसभामा सांसद सीता थपलिया ‘उर्मिला’ले उठाएको प्रश्नको लिखित जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो विवरण दिएको हो।प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको स्वकीय सचिवालयका लागि कुल ४८ जनाको दरबन्दी भए पनि अहिले २७ जनामात्र नियुक्त भएका छन्।

सचिवालयमा मन्त्रीसरह सुविधा पाउने मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार गरी दुई जना तथा राज्यमन्त्रीसरह सुविधा पाउने नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जना कार्यरत छन्। साथै एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त गरिएको उल्लेख गरिएको छ।सरकारले यी नियुक्तिहरू प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापनसम्बन्धी प्रचलित कार्यविधिअनुसार गरिएको जनाएको छ।जवाफमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले नियुक्त गर्न पाउने सल्लाहकारको व्यवस्थाबारे पनि जानकारी दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्रीले एक जना विशिष्ट श्रेणीसरहका वैतनिक सल्लाहकारसहित बढीमा पाँच जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था रहेको छ। अन्य मन्त्रालयका मन्त्रीले भने एक जना वैतनिक सल्लाहकारसहित बढीमा तीन जनासम्म सल्लाहकार नियुक्त गर्न पाउने प्रावधान रहेको उल्लेख गरिएको छ।त्यसैगरी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा समान रूपमा नौ जनाको दरबन्दी रहने व्यवस्था छ।

सचिवालयमा प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, समन्वय तथा अनुगमन अधिकृत, सञ्चार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगी रहने व्यवस्था रहेको तथा उनीहरूले कानुनबमोजिम सम्बन्धित श्रेणीअनुसार सेवा–सुविधा प्राप्त गर्ने जनाइएको छ।