Spread the love
Spread the love
ट्राफिक नियम उल्लङ्घनमा दाङ कडा​
Spread the love

ट्राफिक प्रहरी कार्यालय दाङले बितिसकेको आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ।​

एक वर्षको अवधिमा कुल १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा रु १ करोड ५२ लाख ६० हजार ५०० राजस्व संकलन भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए।​

उनका अनुसार नियम पालना नगर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन्। सो अवधिमा ६ हजार भन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन्।