Spread the love
Spread the love
भारतका सडकमा उत्रिए हजारौँ युवा!
Spread the love

भारतमा NEET र अन्य सरकारी परीक्षाका प्रश्नपत्र लिक (Paper Leak) भएको विरोधमा युवाहरूले 'Cockroach Janta Party' (CJP) को ब्यानरमुनि नयाँ दिल्लीको जन्तर मन्तरमा व्यापक प्रदर्शन गरिरहेका छन्।

परीक्षा रद्द भएपछि एक न्यायाधीशले परीक्षार्थीहरूलाई व्यंग्य गर्दै 'साङ्ला' (Cockroach) सँग तुलना गरेपछि युवाहरूले त्यसैलाई आफ्नो प्रतीकात्मक पहिचान र अभियान बनाएका हुन्।

प्रदर्शनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र पीडित विद्यार्थीहरूलाई क्षतिपूर्तिको माग गरिरहेका छन्।

दिल्ली प्रहरीसँगको झडपमा अश्रुग्यास र लाठीचार्ज प्रयोग हुँदा धेरै युवा घाइते भएका छन् भने भारत सरकारले छानबिनका लागि फास्ट-ट्र्याक कोर्ट गठन गर्ने घोषणा गर्दै वार्ताको आह्वान गरे पनि CJP ले शर्तसहित दिल्लीमै संवाद हुनुपर्ने अडान राखेको छ।