Spread the love
Spread the love
प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी– कालो कर्तुत गरे कांग्रेसले छाड्दैन
Spread the love

काठमाण्डौ, नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई शासन सञ्चालनमा पारदर्शी र जिम्मेवार बन्न आग्रह गर्दै कुनै पनि गलत कार्य नगर्न चेतावनी दिएका छन्।बिहीबार आयोजित बिपी कोइरालाको ४४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थापाले व्यक्तिले कालो लुगा वा कालो चस्मा लगाउनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताए।

तर सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले अनियमित वा गलत कार्य गरे त्यसलाई स्वीकार गर्न नसकिने उनको भनाइ थियो।सांसद भीष्मराज आङ्देम्बेले संसदमा उठाएको प्रश्नको प्रसंग उल्लेख गर्दै थापाले व्यक्तिको पहिरन वा बाहिरी रूपभन्दा पनि काम र व्यवहार महत्वपूर्ण हुने बताए।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले व्यक्तिगत रोजाइमा आफूलाई कुनै आपत्ति नभए पनि सार्वजनिक जिम्मेवारीमा रहँदा गलत कार्य भए त्यसविरुद्ध कडा रूपमा आवाज उठाउने चेतावनी दिए।