Spread the love
Spread the love
शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा
Spread the love

ललितपुर, उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले प्रारम्भिक प्रमाणको आधारमा उनलाई थुनामै राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।अग्रवालविरुद्ध विभिन्न बैंकबाट लिइएको कर्जाको उद्देश्यविपरीत प्रयोग गरिएको आरोपमा गत महिना मुद्दा दायर भएको थियो।

त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार उनलाई पक्राउ गरेको थियो।अदालतको आदेशअनुसार, जगदम्बा स्टिल प्रालिका नाममा कम्पनी सञ्चालनका लागि एनआइएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत प्राप्त चालू पुँजी तथा अल्पकालीन कर्जा निर्धारित उद्देश्यभन्दा बाहिर प्रयोग गरिएको देखिएको छ। उक्त रकम अग्रवालको एकल स्वामित्व रहेको इनफिनिटी होल्डिङ प्रालिमा सेयर लगानीका लागि परिचालन गरिएको प्रारम्भिक निष्कर्ष अदालतले उल्लेख गरेको छ।