Spread the love
Spread the love
सेवाग्राहीको चाप बढेपछि चितवनमा बिहान ८ देखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्र सेवा​
Spread the love

जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।

कार्यालयका अनुसार अब यो सेवा बिहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म निरन्तर सञ्चालन हुनेछ।​आज एक सूचना जारी गर्दै प्रशासनले बिहीबारदेखि नै यो नयाँ समय तालिका लागू हुने जनाएको छ।​

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचना अनुसार, दैनिक करिब ७५० जना सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने गरी तयारी मिलाइएको छ।

​यसैबिच, केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम भने स्थगित गरिएको छ। विगतमा नै परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको बाँकी काम सोही नम्बरका आधारमा हुने भएकाले वितरण कार्य केही समयका लागि रोकिएको सूचनामा उल्लेख छ।​

साथै, विभागको ‘सिस्टम अपग्रेड’ का कारण सनाखत प्रक्रियामा केही ढिलाइ भएको र यो क्रमशः भइरहने भएकाले सोही प्रयोजनका लागि सेवाग्राहीहरू कार्यालय आइराख्नु नपर्ने प्रशासनले स्पष्ट पारेको छ।