Spread the love
Spread the love
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अग्रवाल डिल्लीबजारमा समातिए
Spread the love

बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।​

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शंकरलाल अग्रवाललाई बुधबार डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।​

दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सम्बन्धी मुद्दामा अदालतबाट फैसला भएदेखि नै अग्रवाल फरार सूचीमा रहेका थिए।​

पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा पेस गरिसकिएको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (SSP) अनुपमशमशेर जबराले जानकारी दिए।