Spread the love
Spread the love
५० लाखसम्मका विद्युतीय गाडीको मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी​
Spread the love

अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्मका विद्युतीय सवारी साधनको मूल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले केवल विलासी गाडीमा मात्र कर बढाएको स्पष्ट पारे।​केही वर्ष अघिसम्म ईभीको प्रयोग बढाउन ठूलो मात्रामा छुट दिइए पनि अहिले आवश्यकताका आधारमा करको दर परिमार्जन गरिएको उनको भनाइ छ। "अहिलेको अवस्थामा १ करोडभन्दा बढी मूल्यका विद्युतीय गाडी चढ्नु विलासिता नै हो, यो कुरा सबैले स्वीकार्नुपर्छ," मन्त्री वाग्लेले थपे, "प्रधानमन्त्रीको निर्देशन पनि ५० लाखमुनिका गाडीमा कर नबढाउने र त्यसभन्दा माथिका गाडीमा मात्र हेरफेर गर्ने भन्ने थियो।"​यस्तै, विगतमा किलोवाटका आधारमा ईभी आयात गर्दा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएकाले अटो व्यवसायीहरू तनावमा रहेको उनले स्मरण गराए। अहिले किलोवाटको सट्टा मूल्यका आधारमा कर लगाउँदा व्यवसायीहरूले समेत राहत महसुस गरेको उनको तर्क छ। तर, विद्युतीय गाडी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभएको टिप्पणी गर्दै उनले भविष्यमा यसको ब्याट्री व्यवस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण हुनेतर्फ सचेत गराए।