जुनेली मिडिया
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका कमजोरी बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै शनिबार उनले यस्तो बताएका हुन् ।
निर्वाचनलाई पारदर्शी बनाउने,निष्पक्ष बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको उनले बताए ।
‘बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ घिमिरे भने।
