काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा -२ मा हुने उपनिर्वाचनमा काङ्रेसले जित्ने दाबी गरेका छन् । पार्टीको काठमाडौँ क्षेत्र नम्बर २ ले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिङ्गो पार्टी पङ्क्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरेका हुन् । उनले भने’ काङ्रेसले जित्छ, अरुले दोस्रो स्थानको लागी प्रतिस्पर्धा गर्छन्
प्रवक्ता महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताए । उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि काँग्रेसले जित हासिल गर्न सकिने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।