Spread the love
Spread the love
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि
Spread the love

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। यस वृद्धिसँगै आज छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा भइरहेको छ, जबकि हिजो मंगलबार यसको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम थियो।त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद-बिक्री भएको थियो भने आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ रहेको छ।बहुमूल्य धातुको मूल्यमा आएको यो परिवर्तनको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव रहेको महासंघले जनाएको छ।

विश्वबजारमा सुनचाँदीको भाउ अस्थिर बन्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो, जसका कारण नेपाली उपभोक्ताले आज उच्च मूल्यमा कारोबार गर्नुपरेको छ।