काठमाडौं उपत्यकाका बागमती र यसका सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानले शनिबार पनि निरन्तरता पाएको छ। सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा आज कामपा–१६ स्थित विष्णुमती नदी र धोबीखोला किनारका अनधिकृत घरटहराहरू भत्काउने कार्य भइरहेको छ।