Spread the love
Spread the love
बुद्ध जयन्तीको दिन सुकुम्बासी बस्तीमा डोजर
Spread the love

सुकुम्बासी बस्तीमा सरकारी डोजर र बुद्ध जयन्तीको विरोधाभासप्रधानमन्त्री बालेन्द्र शाहले २५७०औं बुद्ध जयन्तीका अवसरमा 'ज्ञान' र 'शान्ति'को सन्देश दिइरहँदा सरकारले भने सुकुम्बासी बस्तीहरूमा सुरक्षाकर्मी परिचालन गरी डोजर चलाइरहेको छ। बुद्ध जयन्तीकै दिन बल्खुस्थित सुकुम्बासी बस्तीमा वर्षौंदेखि स्थापित गुम्बा समेत भत्काइयो।

स्थानीय र बौद्धमार्गीहरूले गुम्बा नभत्काउन गरेको अनुनयलाई बेवास्ता गर्दै प्रशासनले पूजाको तयारी भइरहेकै समयमा संरचना ध्वस्त पारेपछि बुद्धको मूर्ति खुल्ला चौरमा सुकुम्बासी झैं बेवारिसे अवस्थामा पुगेको छ।​व्यवस्थापनबिनाको विस्थापन र मानवीय संकटसरकार गठन भएको एक महिनामै सुकुम्बासी बस्तीप्रति निर्मम बनेको प्रशासनले उचित विकल्प र दीर्घकालीन योजनाबिना नै बस्तीहरू खाली गराइरहेको छ।

वास्तविक सुकुम्बासीको पहिचान नगरी सबैलाई जबर्जस्ती हटाउँदा बालबालिकाको शिक्षा र अभिभावकको रोजगारी खोसिएको छ। विस्थापितहरूलाई अस्थायी रूपमा गेस्ट हाउस र होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको स्थायी पुनस्र्थापनाबारे सरकार मौन छ। राजनीतिक दलहरू समेत यो मानवीय संकटमा निरीह देखिएका छन्।​पीडितको अवस्था र प्रशासनको सक्रियतानदीकिनारका बस्ती हटाउने क्रममा बल्खु र वंशीघाट क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। घर भत्काइएको पीडा सहन नसकी एक व्यक्ति बागमतीमा मृत फेला परेको र कतिपय महिलाहरू बेहोस भई अस्पताल भर्ना हुनुपर्ने अवस्था आएको छ।

गृह मन्त्रालयको निर्देशनपछि देशभरका प्रशासन कार्यालयहरूले सुरक्षा निकाय परिचालन गरी नदीकिनारका क्षेत्र खाली गराउने अभियानलाई तीव्र बनाएका छन्, जसले गर्दा पुस्तौंदेखि बसोबास गर्दै आएका निमुखा नागरिकहरू थप पीडामा परेका छन्।