अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत "सर्जियो गोर"बिहीबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरको भ्रमण सम्पन्न भएलगत्तै उनी काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भारतका लागि अमेरिकी राजदूतको समेत जिम्मेवारी सम्हालिरहेका गोरले आफ्नो बसाइँका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्।भ्रमणको सिलसिलामा गोरले शुक्रबार "प्रधानमन्त्री वालेन्द्र शाह"सँग भेट गर्ने कार्यक्रम तय भए तापनि उक्त भेटघाटको निश्चितता भने अझै भइसकेको छैन। यसअघि नेपाल आएका सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णीम वाग्लेसँग द्विपक्षीय छलफल गरिसकेका छन्। सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको कर्मचारी कार्यालयको निर्देशक समेत नियुक्त भएका गोरको यो भ्रमणलाई कुटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
