Spread the love
Spread the love
अध्यादेशहरू नागरिकको हित र सुशासनका लागि हुन्
Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले हालै ल्याएका अध्यादेशहरू कुनै खास व्यक्ति वा समूहका लागि नभई आम नागरिकको फाइदाका लागि ल्याइएको स्पष्ट पारेका छन्। कानुनी अड्चनका कारण जनताका कामहरू नरोकिउन् र राज्य संयन्त्रले प्रभावकारी रूपमा काम गरोस् भन्ने उद्देश्यले यी अध्यादेशहरू ल्याइएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

​२०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार यी अध्यादेशहरू प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको हो। सल्लाहकार शाहका अनुसार, सरकारले सार्वजनिक सेवा र प्रशासनमा रहेका नीतिगत झन्झटहरू हटाउन यो कदम चालेको हो। यसले देशको समृद्धिको यात्रालाई थप बलियो र गतिशिल बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

​उनले थप प्रस्ट पार्दै भनेका छन् कि विगतमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूका कारण काममा देखिएका व्यवहारिक कठिनाइ र अवरोधहरूलाई चिर्न यो कानुनी बाटो रोजिएको हो। यसबाट पुराना र जटिल प्रक्रियाहरूको अन्त्य हुनेछ, जसले गर्दा जनताले छिटो-छरितो सेवा पाउने र सुशासनको महसुस गर्न पाउने सरकारको लक्ष्य रहेको छ।