Spread the love
Spread the love
भिरबाट ८ सय मिटर तल जिप खस्दा २० जनाको घटनास्थलमै मृत्यु
Spread the love

रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बिहीबार दिउँसो भएको भीषण जिप दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पूर्वबाट जलजलामा लाग्ने धार्मिक मेला भर्न जाँदै गरेका श्रद्धालु सवार उक्त जिप सडकबाट करिब ८ सय मिटर तल भिरमा खसेको थियो। साँझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार घटनास्थलमै २० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।

दुर्घटनाको प्रकृति निकै गम्भीर रहेको र घटनास्थलमा भइरहेको भारी वर्षा तथा कठिन भूगोलका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनील थापाका अनुसार विकट स्थान भएकाले मृतक तथा घाइतेहरूको पहिचान गर्न समेत समय लागिरहेको छ। हाल प्रहरी र स्थानीय टोली उद्धार कार्यमा निरन्तर खटिएका छन्।