काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ६९ अंकले घटेर २,६६४ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
