Spread the love
Spread the love
अरुण भ्याली हाइड्रो (Ahpc)को नाफामा उछाल, प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा पुग्यो
Spread the love

जुनेली मिडिया

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण  अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी भएको छ,  गत वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशतले बढी हो । यसैगरी, खुद नाफा ५ हजार ७९९.८८ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यो नाफा ५७ लाख रुपैयाँ मात्र थियो । विद्युत बिक्री आम्दानी वृद्धि र वित्तीय खर्च कमीका कारण नाफामा उल्लेखनीय सुधार आएको कम्पनीले जनाएको छ ।प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४३ पैसाबाट बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटी ३६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *