Spread the love
Spread the love
सुधन गुरुङको राजीनामा र छानबिनको तयारी
Spread the love

निवर्तमान गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएपछि उनी मन्त्रालयबाट हाँस्दै बिदा भएका हुन्। उनी सरकारी गाडी छाडेर आफ्नै निजी सवारीमा घर फर्किए। नियुक्त भएको २६ दिनमै उनले पद छाड्नु परेको हो, जसले गर्दा अहिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।गुरुङमाथि अस्वाभाविक सम्पत्ति जम्मा गरेको र विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको गम्भीर आरोप लागेको छ।

साथै, 'हामी नेपाल' नामक संस्थाको रकम व्यक्तिगत खातामा प्रयोग गरेको र माइक्रो इन्स्योरेन्समा शंकास्पद लगानी गरेको विषय सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो। उनले आफूमाथि लाग्ने आरोपको निष्पक्ष छानबिन होस् भनेर बाटो खुला गरिदिएको बताएका छन्।प्रधानमन्त्री बालेन शाहले हालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेका छन्।

गुरुङमाथि लागेका यी आर्थिक अनियमितताका विषयमा सत्यतथ्य पत्ता लगाउन सरकारले एक उच्चस्तरीय छानबिन समिति बनाउने तयारी पनि गरेको छ। राजीनामा दिनुअघि गुरुङले प्रधानमन्त्रीलाई भेटेर आफू जुनसुकै छानबिनको सामना गर्न तयार रहेको स्पष्ट पारेका थिए।