भाग्यमानीले मात्रै देख्न पाउने दाहिने शंखको फोटोमा छोएर ॐ लेखी शेयर गर्नुहोस, लाभ मिल्नेछ

शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र शङ्ख हो।
विशेषगरी धार्मिक कार्यमा प्रयोग गर्ने गरिन्छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शङ्ख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो यो समुन्द्रको किनारमा पाईने गर्दछ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउने गरिन्छ, यसकारण यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भुटान,भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ ।

हिन्दू धर्ममा प्रयोगसम्पादन गर्नेरामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ ।

शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ।

बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । मान्छेको मृत्‍यु भएर घाटमा लैजाँदा शंख बजाउने चलन छ ।

औषधीका रूपमा प्रयोग सम्पादन गर्ने आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ । शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच – छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।

शंख भस्म अम्लपित्त, डण्डीफोर, अनुहारको चाया र खत हटाउन उपयोगी हुन्छ । अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा मुहार उज्यालो हुन्छ ।

कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ प्रकारका रोगहरुमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन्।

भाग्यमानीले मात्रै देख्न पाउने दाहिने शंखको फोटोमा छोएर ॐ लेखी शेयर गर्नुहोस, लाभ मिल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top