रास्वपालाई हर्क साम्पाङको प्रश्न:- MCC र देशको स्वाधीनता सम्बन्धि धारणा के छ ?

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । हर्क प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ ।

उनले यसबीचमा खानेपानी नआएको सम्बन्धमा गुनासो दर्ता गर्न फोन नम्बरहरु सार्वजनिक पनि गरेका छन् । उनले हरेक घण्टाजसो सामाजिक सञ्जाल फेसबुकमा धरान र धरानका जनतालाई मध्यनजर गर्दै स्टाटसहरु लेखिरहन्छन् ।

प्रतिनिधि सभा ईलाम क्षेत्र नम्वर २ मा हुनलागेको उपनिर्वाचनले हर्क साम्पाङ पनि पछील्लो समय जुर्मुराएका छन उनले स्वतन्त्र उम्मेद्वार डकेन्द्र लिम्बुलाई जिताउन पर्छ भन्दै खुलेर लागिरहेका छन त्यस्तै ईलाम -२ मा रास्वपाले पनि भर्खरै माओवादी परित्याग गरेका मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ

चुनावी माहोल पेचिलो वनिरहदा हर्क साम्पाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै MCC र देशको स्वाधीनता सम्बन्धि धारणा के छ भन्ने प्रश्न गरेका छन

यस्तो छ उनको स्टाटस “MCC बारेमा घण्टी पार्टीको धारणा के छ हौ साँच्ची ?देशको स्वाधीनता सम्बन्धि धारणा के छ ?”

रास्वपालाई हर्क साम्पाङको प्रश्न:- MCC र देशको स्वाधीनता सम्बन्धि धारणा के छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top