Spread the love
Spread the love
दाङमा उम्मेदवार नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस
..
Spread the love
दाङ क्षेत्र नम्बर ३ मा आमजनता पार्टीकी उम्मेदवार पाण्डवी नेपालीले पार्टी परित्याग गरेकी छन्। सोमबार तुलसीपुर–९ मा आयोजित चुनावी कार्यक्रममा उनले आफ्ना समर्थकसहित नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेकी हुन्। कार्यक्रममा कुल २३ जना कार्यकर्ता पनि पार्टीमा समाहित भएको जनाइएको छ। उक्त अवसरमा दाङ–३ का नेकपा उम्मेदवार धनबहादुर मास्कीले नवप्रवेशीहरूलाई स्वागत गर्दै आफ्नो पार्टीले संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको संविधान निर्माणमा योगदान दिएको उल्लेख गरे। उनले देशको राजनीतिक स्थायित्व र संविधानको रक्षा गर्न नेकपालाई समर्थन गर्न मतदातासँग आग्रहसमेत गरे। पार्टी प्रवेशपछि पाण्डवी नेपालीले नेकपाको विचारधारा र नीतिले आफूलाई आकर्षित गरेको बताउँदै त्यसैका कारण पार्टी रोजेको स्पष्ट पारेकी थिइन्।