Spread the love
Spread the love
रास्वपाका उम्मेदवार थापासँग निर्वाचन आयोगले स्पष्टीकरण माग्यो
...
Spread the love

काठमाडौँ। निर्वाचन आयोगले बाजुराबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेदवार हेमराज थापासँग स्पष्टीकरण मागेको छ।
सामाजिक सञ्जालमा फैलिएको थापाको एक अभिव्यक्तिलाई लिएर आयोगले ध्यानाकर्षण भएको जनाउँदै स्पष्टिकरण सोधेको हो। उक्त अभिव्यक्तिमा थापाले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँप्रति लक्षित भएर अपशब्द प्रयोग गरेको आरोप लगाइएको छ।


थापाको अभिव्यक्तिविरुद्ध निवेदन दर्ता भएपछि आयोगले प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ। मुख्यमन्त्री बानियाँले आफूविरुद्ध आरोप र गाली गरिएको भन्दै कानुनी उपाय अपनाउने संकेत पनि दिएका छन्।
थापाले समयमै सडक निर्माण नभएको विषय उठाउँदै मुख्यमन्त्री बानियाँमाथि टिप्पणी गरेका थिए। तर मुख्यमन्त्री बानियाँले भने सम्बन्धित सडक आयोजनाको ठेक्का अवधि २०८४ सालसम्म रहेको र हिमपातका कारण निर्माण कार्य प्रभावित भएको स्पष्ट पारेका छन्। साथै, आफू सो ठेक्का लिएको कम्पनीसँग अहिले कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।
निर्वाचन आयोगका अनुसार थापालाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।