Spread the love
Spread the love
एमाले परित्याग गरेका बबन सिंहले ऋषि धमलालाई चुनावमा सघाउने
ऋषि धमला खुसी
Spread the love
काठमाडौं, नेकपा (एमाले) परित्याग गरेका नेता बबन सिंहले आगामी प्रतिनिधिसभा निर्वाचनमा संचार कर्मी उम्मेदवार ऋषि धमलालाई सहयोग गर्ने घोषणा गरेका छन्। सिंहले धमलासँगको भेटघाटपछि उनको चुनावी अभियानमा सक्रिय रूपमा साथ दिने बताएका हुन्। पूर्व संविधानसभा सदस्यसमेत रहेका सिंहले एमाले नेतृत्वको कार्यशैली र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको बताएका छन्। उनले वर्तमान अवस्थामा देशलाई स्पष्ट दृष्टिकोण, निर्भीक अभिव्यक्ति र जनताको पक्षमा बोल्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि ऋषि धमला उपयुक्त उम्मेदवार भएको दाबी गरे। “देशको राजनीति नयाँ सोच र साहसी आवाजतर्फ जानुपर्छ। ऋषि धमलाले लामो समयदेखि जनताका मुद्दा उठाउँदै आएका छन्, त्यसैले म उनको साथमा उभिएको हुँ,” सिंहले बताए। यसअघि विभिन्न राजनीतिक दलमा रहेर काम गरिसकेका सिंहको स्थानीय स्तरमा राम्रो जनआधार रहेको मानिन्छ। उनको समर्थनले धमलाको चुनावी अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। ऋषि धमलाले बबन सिंहप्रति आभार व्यक्त गर्दै सिंहको अनुभव र जनसम्पर्कले अभियानलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासन र जनताको आवाज संसदसम्म पुर्‍याउने आफ्नो मुख्य एजेन्डा रहेको बताए।