Spread the love
Spread the love
रास्वपाका उपसभापति उज्यालो नेपाल पार्टीमा प्रवेश
रास्वापामा पहिरो
Spread the love
काठमाण्डौ, बारा निर्वाचन क्षेत्र नम्बर ३ का रास्वपाका क्षेत्रीय उपसभापति रोशनकुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। आइतबार भएको कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई औपचारिक रूपमा स्वागत गर्दै पार्टीको ब्याच र टोपी लगाइदिएका छन्। पार्टी प्रवेशको अवसरमा बोल्दै अधिकारीले रास्वपा जनताप्रति निष्क्रिय भएको आरोप लगाए। उनले भने कि पार्टी धनी वर्गको पक्षमा केन्द्रित हुँदै गएको छ र जनताका वास्तविक समस्या उठाउन असफल भएको छ। अधिकारीले उज्यालो नेपाल पार्टी जनतासँग नजिक भएर काम गर्ने पार्टी भएको उल्लेख गर्दै, यसै माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताए। देशमा सकारात्मक परिवर्तन ल्याउन इमानदार र मेहनती व्यक्तिहरूको सक्रिय सहभागिता जरुरी रहेको भन्दै अधिकारीको पार्टी प्रवेशले संगठन थप बलियो बन्ने विश्वास व्यक्त गरे।