Spread the love
Spread the love
कोइला बालेर सुत्दा ३८ दिनको शिशुको ज्यान गयो
जाडोमा कोइला वाल्दा ध्यान दिनुहोला..
Spread the love

काठमाण्डौ, सुर्खेतको वीरेन्द्रनगरमा जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुत्दा ३८ दिनको शिशुको ज्यान गएको छ भने आमा र भतिजी बेहोस भएका छन्।
भेरीगंगा नगरपालिका–२ की ३२ वर्षीया तारा बुढा परिवारसहित वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा डेरा गरी बस्दै आएकी थिइन्। बुधबार राति कोठा न्यानो पार्न कोइला बालेर सुतेपछि धुवाँ ननिस्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान ढोका ढिलोसम्म नखुलेपछि घरबेटीले बोलाउँदा ताराका १० वर्षीय छोराले ढोका खोलेका थिए। भित्र तारा र उनकी १३ वर्षीया भतिजी संगम बेहोस अवस्थामा फेला परे भने ३८ दिनकी शिशु प्रतीक्षा मृत अवस्थामा भेटिइन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा कोठा बन्द हुँदा धुवाँ गुम्सिएर घटना भएको देखिएको छ। बेहोस आमा र भतिजीको उपचारपछि होस खुलेको छ भने शिशुको शव परीक्षणको तयारी भइरहेको छ।