Spread the love
Spread the love
कांग्रेस र नेकपासंग मिलेर चुनाव लड्न एमाले तयार छ : महेश वस्नेत
.
Spread the love

काठमाण्डौ, नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ को निर्वाचनमा प्रमुख दलहरूबीच सहकार्यको विषय एमाले पार्टीभित्र छलफलमा रहेको बताएका छन्। उनका अनुसार देशविरुद्ध हुनसक्ने बाह्य हस्तक्षेपलाई रोक्न एमाले, कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपाबीच समझदारी आवश्यक छ भन्ने धारणा उठिरहेको छ।


मंगलबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले आउँदो आम निर्वाचनलाई प्रतिगामी प्रवृत्तिविरुद्धको अभियानका रूपमा अघि बढाइने बताए। उनले निर्वाचनलाई आन्दोलनकै रूपमा प्रयोग गरेर राजनीतिक दिशालाई सही मार्गमा लैजाने उद्देश्य रहेको स्पष्ट पारे।


बस्नेतले ठूला दलहरूबीच सहकार्य हुँदा देशले राजनीतिक निकास पाउन सजिलो हुने उल्लेख गर्दै त्यसो भएमा निर्वाचन तोकिएकै समयमा हुन नदिने प्रयास हुनसक्ने आशंका समेत व्यक्त गरे।