Spread the love
Spread the love
विदेशी प्रभावमा बालेन – रबि सहमति भएको हर्कको आरोप
,,..
Spread the love

काठमाण्डौ, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेनबीच भएको सहमतिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले उक्त सहमति सत्तामा पुग्ने उद्देश्यले मात्र गरिएको र बाह्य शक्तिको प्रभावलाई औपचारिक रूप दिन खोजिएको आरोप लगाएका छन्।


सामाजिक सञ्जाल फेसबुकमार्फत एकाविहानै एक भिडियो सन्देश जारी गर्दै साम्पाङले कुर्सीको लोभमा देशको हितलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। उनले विदेशी प्रभाव अहिले नै अनुभूत भइरहेको उल्लेख गर्दै अब त्यसलाई व्यवस्थित रूपमा स्वीकार गर्न खोजिएको टिप्पणी गरेका छन्।