काठमाडौँ। भदौ २३ गते भएको हिंसात्मक घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले घटनाका क्रममा भएका निर्णय र सुरक्षा व्यवस्थाबारे स्पष्टता लिन चाहेको जनाएको छ।
आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी गरेको छ। सुरक्षा र प्रशासनिक अधिकारीसँग बयान लिने काम यसअघि नै सकिएको बताइएको छ।
आयोगले सबै सरोकारवाला पक्षसँग बयान लिएपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।
