Like this:

नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घट्यो
..

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।
दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर कारोवार हुँदा ३ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको सवैभन्दा बढी शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ८ करोड २६ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाखको शेयर कारोबार भएको छ ।

Like this: