भक्तपुरका एक दर्जनभन्दा बढी एमाले नेता तथा कार्यकर्ता आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। पार्टी प्रवेश कार्यक्रमका क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका हुन्।
पार्टीमा प्रवेश गर्नेहरूमा बालकोट–२ बाट नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डी.के. रोसन, सूर्यविनायक क्षेत्रका नेता ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा,अमृत सिलवाल, कृष्ण सिलवाल, कृष्णशरण लामिछाने लगायत रहेका छन्।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले वैचारिक दृढता, एकता र संघर्षमार्फत अघि बढ्ने एकता अभियानले पार्टी र समग्र आन्दोलनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
त्यस अवसरमा नवप्रवेशी नेताहरूले पार्टीको नीति, विचार र नेतृत्वप्रति भरोसा व्यक्त गर्दै संगठन मजबुत बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

