Spread the love
Spread the love
कांग्रेस र एमालेले गरेको बेथितिको अन्त्य नेपाली कम्युनिष्ट पार्टीले गर्छ: भिम रावल
...
Spread the love

बाजुरा,नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीको बाजुरा जिल्ला एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै उनले हालैको जेन–जी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीलाई मतदानअघि नै नियन्त्रणमा लिन सरकार गम्भीर हुनुपर्ने बताए। साथै अवैध रूपमा लुटिएका हातहतियार तत्काल बरामद गरी शान्ति सुरक्षाको अवस्था मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
रावलले कांग्रेस र एमालेभित्र देखिएको बेथिति, दम्भ र गलत प्रवृत्तिको अन्त्यका लागि नेपाली कम्युनिष्ट पार्टी अपरिहार्य भएको दाबी गरे।

उनका अनुसार राष्ट्रिय स्वाधीनता संरक्षण, जनताको अधिकार सुनिश्चितता, राष्ट्रिय गौरव र समृद्ध नेपाल निर्माण नेपाली कम्युनिष्ट पार्टीको मुख्य प्रतिबद्धता हो।

एकता सन्देशसभामा पार्टीका नेताहरू भानुभक्त जोशी, खगराज भट्ट र प्रकाश शाहले पनि आफ्ना धारणा राखेका थिए।