Spread the love
Spread the love
ओलीका विश्वासपात्र बास्कोटा र श्रेष्ठ पोखरेल पक्षवाट उम्मेदवार वने
ओली पक्ष थप दवावमा...
Spread the love

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएका छन।

ओली निकट मानिएका केही नेताहरू नै अहिले पोखरेल पक्षमा देखिन थालेका छन्। पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठले ओली पक्षबाट दूरी बनाउँदै पोखरेल पक्ष रोजेका छन्।

काभ्रेका नेता बास्कोटा ओली नेतृत्वको सरकारमा प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए। ओलीका विश्वासपात्र मानिएका उनी पार्टीभित्र एकलौटी निर्णय र विधि–प्रक्रिया नमानिएको भन्दै असन्तुष्ट बनेको बताइन्छ। उनी हाल पोखरेल पक्षबाट सचिव पदका उम्मेदवार बन्ने तयारीमा छन्।

त्यस्तै, पूर्व शिक्षामन्त्री तथा काठमाडौंका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ पनि ईश्वर पोखरेल पक्षमा खुलेका छन्। उनी पनि सचिव पदका लागि दाबेदारका रूपमा देखिएका छन्।

पोखरेल पक्षका नेताहरूका अनुसार ओली समूहभित्र असन्तुष्टि अझै कायम छ र अन्तिम समयमा थप नेताहरू पोखरेलतर्फ आउने सम्भावना रहेको छ।

महाधिवेशन कार्यतालिका अनुसार पुस १ गते मतदान हुँदैछ। देशभरबाट निर्वाचित तथा मनोनीत गरी करिब २ हजार ४ सय प्रतिनिधि नयाँ नेतृत्व चयनको प्रतीक्षामा रहेका छन्।