Spread the love
Spread the love
एमाले पनी नेपाली कम्युनिस्ट पार्टीमा आउनुको विकल्प छैन: झलनाथ खनाल
अहिले एमालेको महाअधिवेशन चलिरहेको अवस्थामा एमालेले कम्युनिस्ट आन्दोलनको मूल धारमा एकीकृत भएर अघि बढ्न एकतामाआउने निर्णय गर्नुपर्ने खनालको भनाइ...
Spread the love

काठमाण्डौ, नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा (एमाले) लाई नेपाली कम्युनिस्ट पार्टीसँग तत्काल एकतामा आउन आग्रह गरेका छन्। एमालेको राजनीतिक लक्ष्य पनि समाजवाद नै भएकाले विभाजित कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।

कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले अहिले एमालेको महाअधिवेशन चलिरहेको अवस्थामा कम्युनिस्ट आन्दोलनको मूल धारमा एकीकृत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले श्रमिक वर्गको हितका नाममा धेरै कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै अब त्यो अवस्था परिवर्तन हुनुपर्ने बताए। खनालका अनुसार सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी धेरै हुन नसक्ने भएकाले एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नु समयको माग हो।