Spread the love
Spread the love
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
#Npl #JuneliMedia
Spread the love

काठमाडौं: लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा पुर्वको विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनीले दोस्रो संस्करणको शिर्ष खेलमा पुग्न सफल भयो। अब लुम्बिनीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनल प्रवेश सुरक्षित गरेको थियो। सुदूरपश्चिम रोयल्स पहिलो सिजनमा उपविजेता बनेका थिए, भने त्यही संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको थियो।