Spread the love
Spread the love
वलात्कारको आरोपमा एमालेको महाधिवेशन प्रतिनिधि पक्राउ
Spread the love

जनकपुरधाममा १४ वर्षीया बालिकामाथि होटलमा जबरजस्ती करणी गरेको अभियोगमा हिरा भनिने शिवशंकर साह पक्राउ परेका छन्। मंगलबार साँझ पक्राउ परेका साह जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका दाबेदार पनि रहिसकेका थिए।

साह उद्योग वाणिज्य संघ जनकपुरका पूर्वअध्यक्ष समेत हुन्। उनी धनुषा–३ क्षेत्रबाट नेकपा एमालेको ११औं महाधिवेशनका प्रतिनिधि पनि चयन भएका छन।

करीब दुई साताअघि पीडित पक्षले साहसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ।